पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष कार्की दम्पत्तिलाई कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष गोकर्ण कार्की दम्पत्तिलाई एकैपटक कोरोना संक्रमण भएको छ।

कार्कीले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन्।

कार्की दम्पत्ति हाल पोखराको नागढुंगास्थित चरक अस्पतालमा भर्ना भएका छन्।

कार्कीले फेसबुकमा लेखेका छन्, ‘हामी जस्तो कतै न कतै सामाजिक अथवा ब्याबसायिक क्षेत्रमा लागेर हिडडुल गर्नै पर्ने हरुलाइ कहिँ न कहिँ बाट छिरी हाल्दो रहेछ ! आफ्नो शरिरमा नलागुन्जेल यो केही पनि हैन भन्थे आफू मात्रै नभै श्रीमती समेतसङै एकैपटक संक्रमीत हुँदा आज थाहा भयो कस्तो हुदोरहेछ भन्ने ! हिजो २०७८÷०२÷०६ बेलुकी मात्रै चरक अस्पतालमा पुगे पछि बल्ल यस् लाई परास्त गर्नु सक्छौ कि भन्ने आट र हिम्मत आएको छ ! तापनि खटन पटन÷लीला उनैको हो !’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।