म्याग्दीका युवाहरु कोरोना नियन्त्रणमा जुटे


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

म्याग्दीको बेनी नगरपालिका बगरफाँटका युवाहरुले कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरेका छन्।

युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरेका हुन्।

कोटखोलास्थित खोप केन्द्रको भवनमा स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भएर उपचाररत १९ जना संक्रमितले सेवा पाएका छन्। संक्रमणबाट बच्न गाउँका प्रत्येक घरमा कोभिड सुरक्षा र स्वास्थ्य सामग्रीहरु पनि वितरण गरिएको छ।

हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीद्वारा प्राप्त सहयोग रकमबाट औषधी र स्वास्थ्य सुरक्षाका सामग्रीहरु खरिद गरेर गाउँमा वितरण गर्ने गरेको युवा समूहका अगुवा नारायण थापाले बताएका छन्। अप्ठ्यारोमा परेकाहरुलाई स्वास्थ्य संस्थासम्म लैजानका लागि डेस्कमार्फत एम्बुलेन्सको समेत व्यवस्था गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।