भारतको सरकारी विमान कम्पनी एयर इन्डियामा साइबर आक्रमण भएको छ।
साइबर आक्रमणबाट विगत १० बर्षमा सो विमान कम्पनीबाट यात्रा गर्ने करिब ४५ लाख यात्रुको गोप्य सूचनाहरु चोरी भएको छ।
यात्रु सेवा प्रणालीमा गरिएको आक्रमणबाट सबै यात्रुको नाम, जन्म मिति, राहदानीको विवरण, सम्पर्क नम्बरका साथै बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड लगायतका व्यक्तिगत सूचनाहरु चुहावट भएको एयर इन्डियाले जनाएको छ।
बैंकबाट कारोबार गरिएको अवस्थामा सबै पासवर्डहरु परिवर्तन गर्न र नचिनिएका इमेललाई नखोल्न तथा कुनैपनि अन्जान एसएमएस नपढ्न पनि एयर इन्डियानले आफ्ना यात्रुहरुलाई आग्रह गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





