रेडियो सराङकोटको रगत संकलन अभियानमा ३० यूनिट रगत सङ्कलन


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित




पोखरा । रेडियो सराङकोटको रगत संकलन अभियान र सुविधा बचत तथा ऋण सहकारी संस्थाको संयोजनामा पोखरामा सम्पन्न रक्तदान कार्यक्रममा ३० यूनिट रगत संकलन भएको छ ।


कोरोना माहामरीका कारण रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदानमा ३० यूनिट रगत संङ्कलन भएको छ । माहामरीको विचमा आवश्यक मात्रामा रगत सङ्कलन हुन नसक्दा रक्त संचार केन्द्रमा रगत अभाव पुरा गर्न रेडियोद्वारा जेठ महिनाभर पोखराका विभिन्न संघसंस्थासंग समन्वय गरी रगत सङ्कलन गरिने रेडियोका कार्यकारी निर्देशक कृष्ण थापाले बताए ।


सुविधा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष गणेश बहादुर अधिकारी ,सृजना विकास केन्द्रका सचिव विश्व श्रेष्ठ , रेडियो सराङ्गकोटका निर्देशक चिन्तामणि बास्तोला , राममणि पौडेल , संस्थाका सचिव राजु पौडेल, सहायक प्रवन्धक राजिव खिचाजु, रत्तसंचार केन्द्रमा प्रमुख अर्जुन ज्ञवाली लगायतले लगायतले बोलेका थिए ।

२०५७ मा स्थापना भई बचत तथा ऋण कार्य संगै ,सामाजिक सहकार्यमा सहकारी सधैं सकृय रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख शुसिल कुमार बिजुक्छेले बताए ।


आवश्यक स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै भएको कार्यक्रममा रत्तसंचार केन्द्रमा प्रमुख अर्जुन ज्ञवालीले रगतको विकल्प अन्य औषधि उपचार नभएकाले रत्तदान महत्वपुर्ण रहेको साथै बर्तमान अवस्थामा रत्तदान थप जिम्मेवारीपुर्ण रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।