पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ७४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका २६३, नवलपरासी वर्दघाट सुस्ता पूर्वका १३३, तनहुँका १०४, स्याङ्जाका ८८, पर्वतका ५९, म्याग्दीका ३८, लमजुङका २३, बाग्लुङका २१, गोरखाका ११, मनाङ मुस्ताङका २–२ जना छन् ।
आज संक्रमित भएका मध्य ३३० जना महिला हुन् भने बाँकी ४१४ जना पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
यो सहित हालसम्म प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ हजार ३२६ पुगेको छ ।
यस्तै सोही अवधीमा कोरोना भाइरस संक्रमणबाट थप २० जनाको निधन भएको छ ।
संक्रमणबाट स्याङ्जाका ६, बाग्लुङ र पर्वतका ४–४जना, कास्कीका ३, तनहुँका २ र मुस्ताङमा एक जनाको निधन भएको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।
हालसम्म प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ५५१ जनाको निधन भइसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







