खोप खरिदका लागि वालिङ नगरपालिकाको सरकारलाई पत्र


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित




स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ ।

नगरपालिकाले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराईदिन आग्रह गरेको छ । साथै मन्त्रालयबाट उपलब्ध गराउन नसकेमा आफ्नै खर्चमा मापदण्ड अनुसार खरीद गर्नेगरि बाहिरबाट खरीद गर्नका लागि अनुमति मागेको छ ।

नगर प्रमुख दिलिपप्रताप खाँणद्वारा हस्ताक्षरित पत्रमा महामारीको रुप लिइएको कोभिड–१९ को नयाँ भेरियन्ट अत्याधिक फैलिएको हुँदा यसको रोकथामको विकल्प मध्यको एक कोभिड विरुद्धको खोप भएको हुँदा उपलब्ध गराईदिन अनुरोध गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।