पोखरा । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्रन्ट डेक्समा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पोखरा लेडी जेसीजले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
विश्वभर कोभिड १९ को दोश्रो भेरियन्ट फैलिरहेको अवस्थालाई मध्यनगर गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई १५ थान पुनप्रयोग गर्न मिल्ने पीपीई, १० लिटर सेनिटाईजर, ५० थान अक्ससिजन मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसका समयमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको पोखरा लेडी जेसीजले लायन्स क्लव अफ गण्डकी प्रदेशसंगको सहकार्यमा स्वास्थ्य सामाग्री बितरण गरेको संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक बिनिता सुवेदीले जानाकारी दिइन् ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी निषेधाज्ञामा घरमा सुरक्षीत, संयम र उच्च मनोवलका साथ सचेत रहँदै मानविय सेवामा जोडिन पनि उनले आग्रह गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







