गण्डकी प्रदेशमा एकै दिन १२ सय बढी कोरोना संक्रमणमुक्त, १५४८ मा संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा एकै दिन एक हजार दुई सय बढी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मंगलबारमात्रै १ हजार २७७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् ।

यो सहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ ।

यस्तै सोही अवधीमा थप १ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ३६८ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको निर्देशनालयद्वारा अध्यावधिक कोभिड–१९ सम्बन्धी विवरणमा उल्लेख छ ।

यसरी थपिनेमा कास्कीका ४४०, स्याङ्जाका २४०, लमजुङका २३९, गोरखाका २२३, नवलपरासी वर्दघाट सुस्ता पूर्वका १५६, पर्वतका ९२, तनहुँका ६२, म्याग्दीका ५१, मुस्ताङका ४४ र बाग्लुङका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म प्रदेशमा कोरोना भाइरस संक्र्रमण पुष्टि हुनेको संख्या ३६ हजार ८७५ पुगेको छ ।
अब प्रदेशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १० हजार ६०८ छ । ती मध्य ९ हजार ७०७ जना होमआइसोलेसनमा छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।
संक्रमणबाट कास्कीका ९, तनहुँ र स्याङ्जाका २–२, नवलपरासी वर्दघाट सुस्ता पूर्व, बाग्लुङ, पर्वत, लमजुङ, गोरखा र मुस्ताङमा एक-एक जनाको मृत्यु भएको छ ।

यो सहित प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५७० पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।