पोखरा । कास्कीमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि लगाइएको निषेधाज्ञा पुनः एक साता थप गरिएको छ ।
कोरोना महामारीको चेन ब्रेकका लागि भन्दै बैशाख १५ गतेबाट जारी गरिएको निषेधाज्ञालाई बढाएर प्रशासनले जेठको २१ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहिबारको बैठकले निषेधाज्ञाका समयमा यस अघि जारी गरेका निर्णयहरुलाई यथावत राख्दै अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाइएको छ ।
कास्कीमा बिहीबार साँझसम्म ३ हजार ९५ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । हालसम्म १७ हजार ९८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्य १४ हजार ६१४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट २७४ जनाको निधन भइसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







