पोखरा । गण्डकी प्रदेशमा शुक्रबार ८०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४९० जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका मध्य कास्कीका २०९, नवलपरासी वर्दघाट सुस्ता पूर्वका १३४, पर्वतका १३३, बाग्लुङका १३२, गोरखाका ७७, तनहुँका ५४, स्याङ्जाका ५१, म्याग्दीका १२, मनाङ र मुस्ताङका एक–एक जना छन् ।
यो सहित प्रदेशभर हालसम्म ४० हजार ४९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोही अवधीमा ७०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सहित २८ हजार ५९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
अब प्रदेशभर ११ हजार २७५ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । ती मध्य १० हजार ५८५ जना होम आइसोलेसनमा छन् ।
कोरोना भाइरस संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्कीका १२ जना सहित तनहुँका ६, गोरखा र स्याङ्जाका ३–३, पर्वतका २ र नवलपरासी वर्दघाट सुस्ता पूर्वका एक जनाको उपचारका क्रममा निधन भएको हो ।
यो सहित प्रदेशभर संक्रमणबाट निधन हुनेको संख्या ६२४ पुगेको पनि निर्देशनालयले अध्यावधिक गरेको कोभिड–१९ सम्बन्धी विवरणमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







