पोखरा । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले शुरु गरेको छलफल शनिवार सकिएको छ ।
कास्कीका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको हो ।
पार्टी सभापति कृष्ण केसीको पहलमा शुरु गरिएको छलफलका क्रममा पार्टीले बनाउने योजनामा पूर्ण रुपमा साथ दिने भन्दै योजना सफल बनाउन जुट्ने प्रतिवद्वता व्यक्त गरिएको छ ।
‘छलफल निकै उपयोगी भएको छ ,सभापति केसीले भन्नुभयो– सुझावकै आधारमा योजना तय गर्ने छौं।’
वैशाख ६ गतेदेखि शुरु भएको छलफलबाट प्राप्त सुझावका आधारमा कास्की काँग्रेसको बैठकले विपत्का बेला जनतासँग जोडिने योजना तय गर्ने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भनेर कास्की काँग्रेस गम्भीर रुपमा छलफलमा जुटेको प्रवक्ता सिग्देलको भनाइ छ ।
यस अघि वैशाख २६ गतेको जिल्ला कार्यसमितिको बैठकले कोरोना संक्रमित बिरामीको सहजताका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जेठ १ गतेदेखि एम्बुलेन्सले सेवा दिइरहेको छ ।
एम्बुलेन्स सेवाका लागि कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र मूख्य कार्यालय सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गर्न सक्ने जनाइएको छ ।
सचिव रानाभाटका अनुसार, एम्बुलेन्सले सयभन्दा बढी बिरामीलाई सेवा दिइसकेको छ ।
‘एम्बुलेन्स चाहिएको खबर आउँने बित्तिकै हामीले व्यवस्थापन गरेका छौं, सचिव रानाभाटले भन्नुभयो, एम्बुलेन्स सेवाबाट सर्वसाधारणले राहत महसुस गर्नुभएको पायौं ।’
एम्बुलेन्सले पोखरासहित हंसपुर, थुमाकोडाडाँ, थुम्सीकोट, माझठाना, घाटिछिना, लुम्ले, ल्वाङघलेल लगायतका क्षेत्रमा पुगेर बिरामीलाई सेवा दिइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






