प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको राजधानी पोखरामा अक्सिजनको अभावमा १ सुत्केरीसहित ८ जना कोरोना संक्रमितको मृत्यू भएकोप्रति सरकारले माफी माग्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको शुभारम्भको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारको लापर्वाहीले उनीहरुको ज्यान गएको भन्दै उनले भने,‘एकातिर मुख्यमन्त्री अक्सिजनको अभाव छैन भन्ने, अर्कोतिर सुत्केरीसहित ८÷८ जनाको मृत्यू हुने । यो घटना समान्य होइन । सरकारले सार्वजनिक माफी माग्नुपर्छ ।’ उनले घटनाको छानविन गर्नका लागि समिति बनाउनसमेत माग गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







