पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षीत, सर्तक र सावधान रहन पूर्वराजारानीले सबैलाई आग्रह गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाह र पूर्व रानी कोमल राज्यलक्ष्मी शाहले आज एक भिडियो सन्देश जारी गर्दै विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण कोभिड–१९ बाट सावधान रहन सबैलाई आग्रह गरेका हुन् ।
केही समय पहिले आफै संक्रमति भई उपचारपछि घर फर्किए पूर्व राजा शाह दम्पत्तीले अहिले आफूहरु पूर्ण स्वस्थ हुने क्रममा रहेको जानकारी गराउँदै आफ्नो स्वास्थ्यप्रति देश तथा विदेशबाट राखिएको चासोप्रति धन्यवाद व्यक्त गरेका छन् ।
सन्देशमा पूर्व राजा शाहाले महामारीको विषम परिस्थितीमा आफ्नो दायित्व र मानवियय कार्यमा खटिने अग्रपङ्क्तीमा खटिने सबैमा धन्यवाद व्यक्त गरेका छन् । देशभित्र र बाहिरको अवस्थाप्रति आफूहरु चिन्तित रहेको उनले बताएका छन् । उनले ‘महामारीको प्रक्रिया जारी छ, यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै दृढ संकल्प र बाह्य सहयोग आवश्यक पर्दछ । प्राप्त अन्तराष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिन चाहान्छु ।’ सन्देशमा भनेका छन् ।
सवैलाई सुरक्षित, सावधान रहन आग्रह गर्दै पूर्व राजा शाहले संक्रमित भई उपचाररत सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै संक्रमणबाट जीवन गुमाउनेहरुको आत्मको चिरशान्तीको कामना गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







