नेलेम्बो नेपालद्वारा अनलाइन पत्रकार संघ गण्डकीलाई स्वास्थ्य सामग्री सहयोग


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित




नेलेम्बो नेपाल कास्कीले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आइतबार नेलेम्बो नेपाल कास्कीका अध्यक्ष एकदेव देवकोटाले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

नेलेम्बोले डिस्पोजल मास्क २५ सय पीस, फेस सिल्ड ५० पीस, सेनीटाइजर ५० लिटर, डिस्पोजल ग्लब्स १० प्याकेट सहयोग गरेको अध्यक्ष देवकोटाले जानकारी गराए । उनका अनुसार ५२ हजार ६ सय ७० रुपैयाँ बराबरको सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

सत्यतथ्य समाचार संकलनमा अग्र पंक्तीमा खटिने श्रमजीवी पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्दै सहयोग गरिएको उनले बताए । स्वास्थ्य सामाग्री ग्रहण गर्दै संघका अध्यक्ष सुवेदीले कोरोना महामारीको विषम् परिस्थितिमा पत्रकारको मर्मलाई बुझ्दै स्वास्थ्य सामाग्री सहयोग गरिएकोमा नेलेम्बो नेपाललाई धन्यवाद दिएका छन् । उनले प्राप्त स्वास्थ्य सामाग्री अनलाइन मिडियामा काम गर्ने पत्रकारलाई वितरण गर्ने बताए ।

नेलेम्बोले हालसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेढ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।