नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कास्कीले शिक्षक , विद्यालय कर्मचारी तथा १८ वर्ष उमेर समूह भन्दा माथिका विद्यार्थीहरुलाई कोरोना खोप लगाउन माग गरेको छ । संगठनले विद्यालय सञ्चालन पुर्व खोपको अनिवार्य व्यवस्था गर्न माग गर्दै जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९डिसिएमसी० का संयोजक प्रमुख जिल्ला अधिकारीलाई धयनाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्र बुझाउदै जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले अहिले शिक्षकहरु विद्यार्थीको सिकाई मुल्यांकन तथा नतिजा प्रकाशन गर्न लागिरहेको र असार पहिलो हप्तावाट भर्ना अभियान लगायतका कार्यमा सम्लग्न रहनुपर्ने भएकोले विद्यार्थी तथा अभिभावक को सोझो सम्पर्कमा रहेका शिक्षक कर्मचारीलाई खोपको व्यवस्था नगरे समुदाय तथा घरघरमा संक्रमण फैलिनसक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै कास्की जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले विविध प्राविधिक कठिनाईका कारण यसपुर्व शिक्षक कर्मचारीलाई खोप लगाउन नसकिएकोमा आफूलाई पनि दुख लागेको बताए । उनले आगामी दिनमा शिक्षक तथा विद्यालय कर्मचारीलाई पहिलो प्राथमिकता मा राखेर खोपको व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, सिएलटी कास्की अध्यक्ष बोधराज पौडेल, एनएनटिए जिल्ला उपाध्यक्ष बसुन्धरा पौडेल तथा सचिव तिर्थराज ढकाल समेतको उपस्थिति रहेको थियोे ।
एनएनटिएले केन्द्रदेखि स्थानीय तहसम्म सवै निकायमा विद्यालय सञ्चालन पुर्व शिक्षक्ष कर्मचारी तथा १८ वर्ष माथिका विद्यार्थी लाई कोभिड विरुद्धको खोपको सुनिश्चितता गर्न ध्यानाकर्षण गराउने कार्यक्रम रहेको जिल्ला सचिव तिर्थराज ढकालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् ।…





