लमजुङ । कोरोना भाइरसको दोस्रो चरणले बिकराल रुप लिएपछि ग्रामिण भेगमा पनि संक्रमण बढ्ने क्रममा छ । संक्रमण नियन्त्रण बाहिर गएपछि सरकारले निषेधाज्ञा जारी गरेको छ ।
गाउँमा कोरोना संक्रमण बढ्न थालेपछि लमजुङको राईनास नगरपालिका २ मा रहेका युवाहरुले गाउँमा सहयोग गरेका छन । जन्मथलो भन्दा बाहिर रहेका युवाहरुले सहयोग रकम संकलन गरेर राईनास नगरपालिका वडा नं २ को साहिलीटारमा रहेको ७५ घरपरिवारलाई स्वास्थ्य सामाग्री तथा भिटामिन ट्याब्लेट बितरण गरिएको सहयोग संकलन अभियानको थालनी गरेका भानु अधिकारीले जानकारी दिए ।
उनका अनुसार गाउँमा स्वास्थ्य सचेतनाको अभाव, संक्रमण भैसकेपछि हुनुपर्ने सजगताको कमि देखिएकोले कारोना नियन्त्रण चुनौतीपूर्ण रहेको छ । पूर्व सावधानी सहित संक्रमण पछि वा लक्षण देखिएका बिरामीको लागि ज्वरो नाप्ने मेसिन, अक्सीमिटर, माक्स, हातधुने साबुन लगायतका सामाग्री वितरण गरिएको हो ।
योे अभियान कोरोना भाईरस नियन्त्रण पछि पनि चलिरहने, यसलाई सस्थागत रुपदिने तयारी भएको पनि अधिकारीले बताए । गाउँमा आउनसक्ने अन्य विपत्ती, विकास र्निमाणमा पनि सहकार्य गर्न, राजनितिक आस्थाका आधारमा नभई आबस्यकताको आधारमा विकासे संरचना तथा अन्य कृयाकलापलाई अगाडी बढाउने बारे अग्रजहरुले सुझाव दिएको अधिकारीको भनाई छ ।
संकलित रकमले खरिद गरेको सामाग्री बितरणका लागि काठमान्डौ बाट अभियन्ता भानु अधिकारी, युवराज पन्थी तथा पोखराबाट स्थानिय तथा पत्रकार माधब पनेरु, चितवन बाट अक्षरराज पन्थी गाउँ पुगेका थिए ।
उक्त वडाका वडाअध्यक्ष रामचन्द्र अधिकारीको रोहबरमा सामाग्री बितरण गरिएको हो ।
सो अबसरमा अध्यक्ष अधिकारीले बाहिर रहेको युवाहरुले गरेको प्रयास सकारात्मक रहेको प्रतिक्रिया दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







