पोखरा । गण्डकी प्रदेशमा बुधबार एकै दिन एक हजार ७३३ जना कोरोना भाइरस संक्रमणमुक्त हुँदा ६६३ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार १४४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यसरी थपिने नवलपरासी वर्दघाट सुस्ता पूर्वका १५०, कास्कीका ९१, लमजुङका ८९, गोरखाका ८६, तनहुँका ६९, बाग्लुङ ६०, स्याङ्जाका ५१, पर्वतका ३९, म्याग्दीका १७, मुस्ताङका ११ जना छन् ।
यो सहित हालसम्म ४८ हजार ४७२ संक्रमित भएका छन् । ती मध्य ४० हजार ८५३ कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
अब ६ हजार ८२० जना सक्रिय संक्रमित छन् । तीमध्य ६ हजार ३०१ होम आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा १० जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । यो सहित कोरोना भाइरस संक्रमणबाट ७९९ जनाको ज्यान गुमेको छ ।
हालसम्म २ लाख ११ हजार १०९ जनाको परीक्षण गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







