शुक्रबार देशभर कोरोना संक्रमितभन्दा निको हुने दोब्बर


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित हुने भन्दा निको हुनको संख्या दोब्बरले बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार ३ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ६ हजार ६३६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् ।

३ हजार २४ पीसीआर र ४५५ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पाइएको हो ।

यस्तै सोही अवधीमा संक्रमणबाट ९९ जनाको निधन भएको पनि मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ५ लाख ८८ हजार १२४ पुगेको छ । जसमध्य ४ लाख ९० हजार ९ जना संक्रमणमुक्त भइसकेका छन् । भने ७ हजार ८९८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।