साङ्केतिक तस्विर
काठमाण्डौं । विश्व योग दिवस नेपालमा राष्ट्रियस्तरमा मनाउन लागि शिक्षा, विज्ञान र प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमाा मूल समारोह समिति गठन गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २६ गतेको निर्णयानुसार उक्त समिति गठन गरिएको हो ।
समितिको सहसंयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशङ्कर अरगरिया रहनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्वर ११ का दिन पारित प्रस्ताव अनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।
यस वर्ष सन् २०२१ को विश्व योग दिवसको थिम योगा फर वेल–बिइङ’ रहेको छ । उक्त दिवसलाई कोभिड–१९ को संक्रमणको वर्तमान अवस्थालाई विचार गरी देशभित्र के कसरी मनाउन सकिन्छ भन्ने विषयमा शिक्षामन्त्री श्रेष्ठले असार १ गते भर्चुअल माध्यमबाट मूल समारोह समितिको बैठक आव्हान गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







