पोखरा । गण्डकी प्रदेशमा मंगलबार ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ३६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ३१३ जना जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
आज थपिनेमध्य कास्कीका १४६ , तनहुँका ६५, स्याङ्जाका ५३, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ४२, गोरखाका ३५ , पर्वतका ८, म्याग्दीका ७ र मुस्ताङका एक जना छन् । उनीहरु १८० जना महिला हुन भने बाँकी २ सय जना पुरुष रहेका छन् ।
यो सहित हालसम्म प्रदेशभर कोरोना संक्रमित हुनेको संख्या ५१ हजार २७ पुगेको छ । ती मध्य ४४ हजार ८२१ जना संक्रमणमुक्त भइसकेका छन् ।
प्रदेशभर ५ हजार बढी आइसोलेसनमा :
इसोलेसनमा छन् । निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार प्रदेशमा ५ हजार ३५२ जना संक्रमित आइसोलेसनमा छन् । तिमध्य ४ हजार ८ सय संक्रमित होम आइसोलेसनमा छन् ।
निर्देशनालयका अनुसार कास्कीमा ८०८ जना सक्रिय संक्रमित छन् । यस्तै लमजुङमा ४९२, गोरखामा ८९८, तनहुँमा ५७९, नवलपरासी वर्दघाट सुस्ता पूर्वमा एक हजार ४३, स्याङ्जामा ३६७, पर्वतमा ३०३, बाग्लुङमा ६५४, म्याग्दीमा १९९, मुस्ताङमा १२ र मनाङमा शून्य संक्रमित छन् ।
संक्रमणबाट ४ जनाको मृत्यु
प्रदेशमा संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।
संक्रमणबाट पोखरा–३० की ६८ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । जेठ २९ गते संक्रमित भएकी उनको उपचारका क्रममा पोखराको फिस्टेल अस्पतालमा मृत्यु भएको हो ।
संक्रमणबाट गोरखाको सिरानचोक गाउँपालिकाको वडा ७ का ४४ वर्षिय पुरुषको काठमाण्डौंको ग्रिनसिटी अस्पतालमा र वडा ८ का ८० वर्षिय वृद्धको शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाण्डौंमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै बाग्लुङको जैमिनी गाउँपालिका–९ की ३९ वर्षिय महिलाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । गत जेठ २८ गते कोरोना संक्रमित भएकी उनको मंगलबार मृत्यु भएको जनाइएको छ ।
संक्रमणबाट मृत्यु हुनेको संख्या एक महिना यताकै सबैभन्दा थोरै हो । यसअघि जेठ ५ गते र १४ गते संक्रमणबाट एकै दिन ३०–३० जनाको मृत्यु भएको थियो । यो सहित हालसम्म ८५४ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म संक्रमणबाट कास्कीमा ३६२, ङलमजुङमा २७, गोरखामा ३९, तनहुँमा ९४, नवलपरासी पूर्वमा ७४, स्याङ्जामा १०६, पर्वतमा ५०, बाग्लुङमा ५१, म्याग्दीमा ३६, मनाङमा एक र मुस्ताङमा १३ जनाको मृत्यु भइसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







