गण्डकी प्रदेश : ५२५ संक्रमणमुक्त,७ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असार २ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा बुधबार ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ५२५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ३८४ जना जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

आज थपिनेमध्य कास्कीका १०५ , तनहुँका ८७, स्याङ्जाका ८, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ६९, गोरखाका १६ , पर्वतका ४ र म्याग्दीका ५ जना छन् । उनीहरु २०२ जना महिला हुन भने बाँकी २०६ जना पुरुष रहेका छन् ।

यो सहित हालसम्म प्रदेशभर कोरोना संक्रमित हुनेको संख्या ५१ हजार ४३५ पुगेको छ । ती मध्य ४५ हजार ३४६ जना संक्रमणमुक्त भइसकेका छन् ।

अब प्रदेशमा ५ हजार २२८ जना सक्रिय संक्रमित छन् । तिमध्य ४ हजर ७१२ जना होमआइसोलेसनमा रहेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा उल्लेख गरिएको छ ।

यस्तै संक्रमणका कारण हालसम्म ८६१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की, नवलपरासी वर्दघाट सुस्ता पूर्व र मुस्ताङका २–२ र तनहुँका एक जना छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।