गण्डकी प्रदेश :५६६ जना कोरोनामुक्त , संक्रमणबाट ४ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असार ३ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट बिहीबार थप ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका दुई जना सहित नवलपरासी वर्दघाट सुस्ता पूर्व र गोरखाका एक–एक जना छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार संक्रमणका कारण पोखरा–२३ का ७२ वर्षिय वृद्धको संक्रामक तथा सरुवा रोग अस्पताल, पोखरामा मृत्यु भएको हो । बुधबार संक्रमित भएका उनको हिजोनै मृत्यु भएका थियो ।

पोखरा–१८ का ७२ वर्षिय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो । उनमा जेठ ३० गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै संक्रमणबाट गोरखाको शहिद लखन गाउँपालिका–७ का ६३ वर्षिय पुरुषको नेपाल पुलिस अस्पताल काठमाण्डौंमा उपचारका क्रममा उनको बुधबार मृत्यु भएको छ । गत जेठ १३ गते संक्रमित भएको थियो ।

संक्रमबाट नवलपुरको मध्यविन्दु अस्पतालमा उपचाररत ७० वर्षिय वृद्धको बुधबारनै मृत्यु भएको छ । कावासोती नगरपालिका–९ मा बसोबास गर्दै आएका उनमा गत जेठ २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सहित हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८६५ जनाको निधन भएको छ ।
त्यसैगरि, सोही अवधीमा ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले अध्यावधिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

एक हजार ११३४ जनामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । यसरी थपिनेमा कास्कीका ११९, लमजुङका ७७, बाग्लुङका ५२, स्याङ्जा र नवलपरासी पूर्वका २५–२५ जना, गोरखाका १६, तनहुँका १०, पर्वतका ५ र म्याग्दीका ४ जना छन् ।

सोही अवधीमा ५६६ जना कोरोना संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।

यो सहित प्रदेशमा हालसम्म ५१ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्य ४५ हजार ९१२ जना संक्रमणमुक्त भइसकेका छन् ।

अब प्रदेशमा ४ हजार ९९१ जना छन् । यस्तै ४ हजार २१९ जना होम आइसोलेसनमा रहेको पनि जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।