पोखरा । गण्डकी प्रदेस सभा सदस्य राजिब पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न ५ स्थिति झोवाङको स्वास्थ चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् ।
जोय फाउन्डेसनको सहयोगमा रु १ लाख ५० हजार बराबरको एक थान कन्सन्ट्रेटर प्रदान गरिएको पहारीको सचिवालयले जानकारी दिएको छ ।
सो अबसरमा पहारीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक पार्टी जनप्रतिनिधि,समाजका विभिन्न तह र तप्कामा आबद्ध ब्यक्तित्वहरु र नागरिक लाग्नु जरुरी भएको भन्दै कोरोना भाइरस हामी सबैको साझा समस्या भएकोले सरकारको मात्रै जिम्मेवारीको रुपमा बुझ्न नहुने बताए ।
यसै कुरालाई आत्मसात गर्दै निर्वाचित भएको क्षेत्रका जनताको स्वास्थ्य रक्षामा हर तरहले आफू लागि परेको उल्लेख्य गरे ।
नेकपा एमाले अन्नपुर्ण गाउँपालिकाको कमिटी सचीव विवेक देवकोटा, नेता बिष्णु केसि लगाएतले सो कन्सन्ट्रेटर ग्रहण गर्दै आज नै सो स्वास्थ्यचौकीमा पुर्याइने जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







