पोखरा । पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि पण्डित टोल चेलिबेटी समूह ताड.तिड.ले रु १ लाख नगद सहयोग गरेको छ ।
कोभिड १९ को महामारी सँगै अक्सिजन अभावका कारण धेरैको ज्यान जोखिममा पर्न थाले पछि बतास फाउण्डेशनको नेतृत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन ग्यास प्लान्ट स्थापना गर्न लागिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि पहल गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ आर्थिक संकलन महाअभियानमा पण्डित टोल चेलिबेटि समूहसहुत भारतीय बीर नारीहरुको सामाजिक संस्था तारा आमा समूहले रु ३० हजार, आफ्ना स्वर्गिय पति बीरबल गुरुड.को ३० औं स्मृति दिवसको सन्दर्भमा बीर नारी चन्द्रमाया गुरूड.ले रु ११ हजार १ सय ५५ र बीर नारी कुलदेवी गुरुड.ले रु ५ हजार ५ यस ५ सहयोग गरेका हुन् ।
बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी अर्थ संकलन महाअभियानमा रु १ लाख सहयोग गर्ने पण्डित टोल चेलिबेटी समूहकी अध्यक्षमा बीरकाशी गुरुड.,उपाध्यक्ष बीरमाया गुरुड.,सचिब चन्द्रमाया गुरुड.,कोषाध्यक्ष गंगामाया गुरुड.,दुजमाया गुरुड., धौलाशिरी गुरुड.,बालकुमारी गुरुड.,पोडेस्यो गुरुड.लगायतका दिदीबहिनी आबद्द छन् । त्यस्तै तारा आमा समूह लडाईको क्रममा बीरगति प्राप्त गरेका भारतिय सेनामा आबद्द लाहुरेहरुका एकल महिलाहरु (बीर नारी)को सामाजिक संस्था हो । सो समूहकी अगुवा बीर नारी चन्द्रमाया गुरुडका अनुसार समूहमा आबद्द कुलदेवी गुरुड.,बुद्दिमाया गुरुड., तैमाया गुरुड. ,कान्तादेबी गुरुड. ,पार्बती, गुरुड.,मदनकुमारी गुरुड.,प्रेमकुमारी थापा क्षेत्री, हेमन्ता गुरुड.,बिदुर गुरुड.,सबिता गुरुड.,दिलमाया थापामगर , र शान्तामाया गुरुड., मिलि चांडै अक्सिजन प्लान्ट आउन आफ्नो तर्फबाट थोरै भए पनि सघाउन सकियोस भन्ने हेतुले अभियानलाई सहयोग गरिएको हो ।
बतास फाउण्डेसनको ग्लोबल आईएमई बैंक पोखरा शाखामा रहेको बतास फाउण्डेसनको ६५०१०१००००४७७ खाता नम्बरमा रकम जम्मा गर्न सकिने बतास फाउण्डेसनका अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट निर्माण समितिका संयोजक आनन्दराज बतासले जानकारी दिए । समितिले रकम कनेक्ट आईपिएस, क्यूआर कोड वा मोबाइल बैंक ट्रान्सफर र चेक मार्फत बैंकमा जम्मा गर्न आग्रह गरेको छ ।
समितिले आईसियू स्थापनाका लागि सञ्चालित अभियानमा सहभागि मध्ये ५० हजार भन्दा बढी दान गर्ने दाताहरुको नाम शिलालेखमा राखिने र सार्वजनिक सञ्चारमाध्यममार्फत उच्च सम्मानका साथ नाम सार्वजनिक गरिने अभियानका प्रबक्ता नारायण पौडेलले जानकारी दिए । फ्रान्सबाट अक्सिजन जेनेरेटर खरिद प्रक्रिया अगाडि बढिसकेको छ । अबको २र३ हप्ता मै प्लान्ट जडान भई अक्सिजन उत्पादन शुरु हुने अभियानका अध्यक्ष आनन्दराज बतासले बताएका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







