फाइल तस्बीर
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
संक्रमणबाट कास्कीमा ५ जना र नवलपरासी वर्दघाट सुस्ता पूर्वमा ३ गरी ८ जनाको मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पोखरा–४ का ६५ वर्षिय पुरुष, पोखरा–२५ का ५३ वर्षिय पुरुष, पोखरा–१३ का ८२ वर्षिय पुरुष, पोखरा–१६ का ८० वर्षिय पुरुष र कास्कीको रुपा गाउँपालिका – ६ का ४२ वर्षिय पुरुषको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै नवलपरासी वर्दघाट सुस्ता पूर्वचुली नगरपालिका – १२ का ६४ वर्षिय पुरुष, विनयत्रिवेणी गाउँपालका– ४ का ७७ वर्षिय पुरुष र देवचुली नगरपालिका– ९ का ७० वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
यो सहित हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा ६२ जना महिला र ५४ जना पुरुष हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







