गण्डकी प्रदेशमा एकै दिन ६५५ जना कोरोना संक्रमणमुक्त


     एभरेस्ट आवाज    
     असार ७ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७७ जनामा कोरोना भाइरस संकम्रण पुष्टि हुँदा ६५५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

एक हजार ११७ जनामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

आज थपिएका मध्य कास्कीका १३५, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ३०, स्याङ्जाका ३४, तनहुँका २४, लमजुङका १७, गोरखाका १८, पर्वतका ८ र म्याग्दीका ४ जना छन् । आज थपिनेमा १४४ जना पुरुष र १३३ महिला छन् ।

यस्तै संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । संक्रमणका कारण कास्कीका ३, स्याङ्जा, लमजुङ र म्याग्दीका एक–एक जनाको मृत्यु भएको छ ।

हालसम्म गण्डकी प्रदेशमा ५२ हजार ६९१ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ । तीमध्य ४८ हजार ४२९ जना निको भइसकेका छन् । यस्तै ८९५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

अब प्रदेशभर ३ हजार ३६७ जना सक्रिय संक्रमित छन् । तीमध्य २ हजार ९९१ जना होम आइसोलेसनमा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।