पोखरा । कोरोनाको कहर र लम्बिदो निषेधाज्ञाको मारमा परेका तेश्रोलिंगी र बिपन्न मजदुर बर्गलाई बुधबार राहत बितरण गरिएको छ । कास्की बाहिर स्थायी घर भएका तर रोजगारी तथा सशक्तिकरणका लागि पोखरामा बसेका लकडाउनले प्रभाबित ३५ तेश्रो लिंगी तथा १५ मजदुर परिबारलाई चिकित्सक श्रीमती संघ गण्डकीको सहयोगमा राहत बांडिएको हो ।
राहत प्याकेजमा १० केजि चामल,दाल,तेल,मसला, मस्यौरा , चिउरा खुर्सानी,नुन लगायतका खाद्यान्न सामग्रि रहेको सामाजिक अभियन्ता तथा राहत बितरण कार्यक्रमका समन्वयकर्ता प्राज्ञ मिलन शेरचनले जानकारी दिइन् । एभरेस्ट एफ.एम.को कार्यक्रम ‘पेटबोली’मा तेश्रोलिंगी अधिकारकर्मी बिन्दिया गौतमसंगको इन्टरभ्यूमा बाहिर घर भई काम बिशेषले पोखरा बसेका तेश्रोलिंगीलाई राहत आवश्यक भएको सुने पछि मानबिय नाताले आफूले राहतका लागि पहल गरेको कलाकार शेरचनले जानकारी दिइन् ।पोखरा महानगरपालिका प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शेरचन जापानी प्रबिधिमा निर्माण गरिने ‘हानानो ओशिबाना’ कला नेपालमा भित्र्याउने एक मात्र अभियन्ता हुनुहुन्छ ।
अत्यावश्क समूह अल्पसंख्यक तेश्रोलिंगी र मजदुर बर्गलाई सहयोग गर्न पाएकोमा आफूहरुलाई आत्म सन्तुष्टि प्राप्त भएको चिकित्सक श्रीमती संघ गण्डकीका अध्यक्ष बिजया शर्माले बताइन् ।
तेश्रो लिंगी अधिकारकर्मि बिन्दिया गौतमले आफूले इन्टरभ्यूमा ब्यक्त आग्रह सुनेको भरमा समानुभूति गरि राहत ब्यवश्थापन गरेकोमा कलाकार मिलन शेरचन तथा सहयोगदाता चिकित्सक श्रीमती संघलाई धन्यबाद ज्ञापन गर्दै खुसि ब्यक्त गरिन् ।
‘दैनिक ज्यालादारी गरेर हातमुख जोड्नु पर्ने हामी मजदुरलाई सम्झेर राहत ल्याईदिनु भएकोमा तपाईंहरु सबैलाई धन्यबाद’ राहत सामग्रि प्राप्त गरेपछि मजदुर समुदायका मंगल मगरले एभरेस्ट आवाजलाई भने ,”निषेधाज्ञा लम्बिदै गएकोले रोगले भन्दा भोकले मर्ने अवश्था आउदा साह्रै गाह्रो भयो हजुर।”
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







