पोखरा । पोखरा लेडी जेसिजद्वारा आयोजित सातदिने अनलाइन योग शिविर सम्पन्न भएको छ । गत असार ७ गते (२१ जुन) अर्थात् विश्व योग दिवशको अवसर पारी लेडी जेसिजले योग सप्ताह शिविर सुरु गरेको थियो । पोखरा महानगरपालिका प्रमुख मान बहादुर जीसीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको शिविर असार १३ गते आईतवारका दिन गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सात दिन सम्म चलेको शिविरको कार्यक्रम पोखरा लेडि जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा कडेल (बिनिता)को अध्यक्षतामा संचालन भएको थियो । योग शिविरको प्रशिक्षकमा कृस्टल मन्टेश्वरीका संचालक एवं पोखरा लेडि जेसिज बर्ष –२०२१ का उपाध्यक्ष जेसी रिना पौडेल रहेकी थिइन् । योग प्रशिक्षण जुम एप्लिकेसन मार्फत सम्पन्न भएको हो ।
उद्घाटन तथा समापन कार्यक्रममा नेपाल जेसिजका निरुपित क्षेत्र (ख) राष्ट्रिय उपाध्यक्ष जेसी दिपेन्द्र निरौला, तथा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी भोजराज चापागाईंले शुभकामना मन्तव्य राखेका थिए ।
सवैलाई लक्षित गरि आयोजना गरिएको शिविरमा ठूलो मात्रामा सर्वसाधारण तथा विभिन्न शाखाका अध्यक्षहरु, पूर्व अध्यक्षहरु, अन्य पदाधिकारीहरु लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटनको दिन प्रमुख अतिथि मेयर जीसीले कोरोना भाइरसको संक्रमण जोखिमबाट जोगिन योगलाई दैनिक जीवनमा समाबेश गराउन सकेमा लकडाउनका कारण मानिसमा बढ्दै गइरहेको शारिरीक तथा मानसिक असन्तुलन कम हुन सक्ने विचार राख्दै कार्यक्रमको सफलताको कामना गरेका थिए ।
प्रमुख योग प्रशिक्षक पौडेलले योगको अर्थ आत्माको परमात्मासंग जोडिनु भएको भन्दै अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको हुँदा मनसँग शरीर जोड्न योगको आवश्यकता रहेको बताइन् । उनले जीवनमा अग्रगामी रहनका लागि धैर्यता जरूरी रहेको भन्दै धैर्यताका लागि ध्यान, साधनामा लाग्नु जरुरी रहेको स्पष्ट पारेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







