फाइल तस्बीर
कोरोना संक्रमितको मृत्यु दरमा शुक्रवार कास्कीले नयाँ रेकर्ड कायम गरेको छ।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्यांकमा कास्कीमा कुनैपनि संक्रमितको मृत्यु नभएको उल्लेख गरेको छ।
कास्कीमा कोरोना संक्रमितको मृत्यु नभएको यो नयाँ रेकर्ड हो। सो तथ्यांकमा तनहुँमा २ जना बाहेक प्रदेशमा अन्य कुनैपनि संक्रमितको मृत्यु नभएको उल्लेख छ। मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं. १२ का ५० वर्षका र शुक्ल गण्डकी नगरपालिका वडा नं. ६ का ६८ वर्षका पुरुष छन्।
उनीहरूको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चरक मेमोरियल अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिएका छन्। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ५८ जना पुगेको छ। गण्डकीमा शुक्रवार १ सय १६ जना संक्रमित निको भएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







