अफगानी सेना र तालिबानबीचको भीडन्तमा ३ अफगान सेनासहित २३ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असार २० गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

अफगानिस्तानको सरकारी फौज र त्यहाँका तालिबानहरुबीच भएको दोहोरो भिडन्तमा परी २३ जनाको ज्यान गएको छ।

अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा सो भिडन्त भएको हो। त्यसमा परेर अरु कैयौँ व्यक्ति हराएका छन्।

उक्त भिडन्तमा परी ३ जना अफगानिस्तानको सेनाका सदस्य पनि मारिएका बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन्। सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म पनि भिडन्त भएको थियो। त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन्।

सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा त्यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो। त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन्। त्यस क्रममा तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए। सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।