अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान दुर्घटना


     एभरेस्ट आवाज    
     असार २० गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान दुर्घटना भएको छ।

२ जना पाइलट सवार उक्त बोइङ इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको जनाइएको छ।

उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो। ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमान पानीमा खसेको बताइएको थियो। तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रवार बिहानै दुवै पाइलटलाई उद्धार गरेका छन्।

रोयटर्स समाचार संस्थाले एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेको जनाएको छ। अनलाइनमा सार्वजनिक एक भोइस रेकर्डमा एक पाइलटले एअर ट्राफिक कन्ट्रोललाईनम्बर १ इन्जिन बिग्रेको छ भनेको आवाज सुन्न सकिन्छ। सार्वजनिक रेकर्डमा पाइलटले भनेका छन्, ‘अर्को इन्जिन पनि खराब हुन गइरहेको छ। यो असाध्यै तातेको छ।’

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।