पोखरामा आजदेखि पर्सिसम्म खोप लगाइँदै

- कस कसले खोप लगाउन पाउँछन् ? (समाचारमा हेर्नुहोस)


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

पोखरामा आजदेखि पर्सिसम्म अबको ३ दिन लगातार खोप लगाइने भएको छ।

आज आइतबार, साउनको ३ गतेबाट भोलि ४ र पर्सि ५ गतेसम्म खोप लगाइने भएको छ।

यातायात व्यवसायी, यातायात मजदूर र वैदेशिक रोजगारीमा जानेका लागि मात्रै खोप लगाइने छ। खोप दिनका लागि पोखरामा चार स्थानमा खोप केन्द्र निर्धारण गरिएको छ।

स्वास्थ्य कार्यालय कास्कीले एक सूचना प्रकाशित गरि खोप केन्द्र र यातायात व्यवसायी, मजदूर र वैदेशिक रोजगारमा जान लागेकाहरुका लागि खोप दिइने जनाएको हो।

सूचना अनुसार बेगनास पोखरा यातायात प्रालि मातहतका यातायात व्यवसायी र मजदुरहरुका लागि मोहरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट आइतबार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म खोप लगाइने छ।

यस्तै, पोखरा बस व्यवसायी समितिका व्यवसायी, मजदुरहरुका लागि पोखराको अमरसिंह उच्च माविबाट आइतबार र सोमबार बिहान ११ः३० बजेदेखि दिउसो ४ बजेसम्म खोप लगाइनेछ।

यसैगरी, ट्याक्सी व्यवसायी समिति मातहतका व्यवसायी र मजदुरहरुका लागि अमरसिंह उच्च माविबाट सोमबार र मंगलबार बिहान १०ः३० बजेदेखि दिउसो ४ बजेसम्म खोप लगाइने प्रकाशित सूचनामा उल्लेख छ।

यता, बैदेशिक जाने व्यक्तिहरुका लागि अमरसिंह उच्च माविबाटसाउन ५ गते मंगलबार बिहान १०ः३० बजेदेखि ४ बजेसम्म खोप दिइने भएको छ।

खोप लिने व्यक्तिले जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमाणित गरिएको सूची र परिचय खुल्ने कगजात अनिवार्य लिएर जानुपर्ने हुन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।