कास्कीका २०२ सहित गण्डकी प्रदेशमा ४६७ संक्रमित


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०७८ मा प्रकाशित




पोखरा । शुक्रबार कास्कीका २०२ सहित गण्डकी प्रदेशका ४६७ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २६३ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुर वर्दघाट सुस्ता पूर्वका १०४, गोरखाका ६०, लमजुङका ४०, स्याङ्जाका २६, बाग्लुङका १९, पर्वतका ६, तनहुँका ५, म्याग्दीका ३ र मनाङका २ जना छन् ।

आज थपिएका सहित हालसम्म प्रदेशभर संक्रमित हुनेको संख्या ६७ हजार १८३ पुगेको छ । सोही अवधीमा २३ जना संक्रमणमुक्त भएसंगै ६१ हजार ४२६ जना संक्रमणमुक्त भएको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा भनिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । यो सहित हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट १०८८ जनाले ज्यान गुमाएका छन् ।

अब प्रदेशमा ४ हजार ६६९ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।