नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख नाघ्यो


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या ७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनामा परीक्षण गर्दा ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमित हुनेको संख्या ७ लाख २ हजार ९७ पुगेको हो ।

सोही अवधीमा ३ हजार ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ जना यो सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट २४ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ९२२ जनाको ज्यान गएको छ । हाल मृत्युदर भने १ दशमलव ५ प्रतिशत रहेको छ ।

हाल सघन उपचार कक्ष (आइसियु) मा ६८६ जना र भेन्टिलेटरमा १६२ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।