नेलम्बो नेपालद्वारा कास्कीका ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्रि प्रदान


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



स्वास्थ्य,शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था नेलम्बो नेपालले बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्रि हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष एकदेब देबकोटाले मास्क,सेनिटाइजर,स्प्रे बोटल, स्ट्याण्ड,पि.पि.ई.सेट लगायतका स्वास्थ्य सामग्रि प्रदान गर्नु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले १७ श्रावण देखि शुरु गरेको सचेतनामूलक कार्यक्रमको सन्दर्भ पारि अभियानलाई सघाउ पुगोस् भनि स्वास्थ्य सामग्रि सहयोग गरिएको अध्यक्ष देवकोटाले बताउनु भयो । अत्यावश्यक परेका समुदायलाई सहि ठाँउमा सदुपयोग हुने गरि यस्ता सामग्रि पारदर्शि ढंगले बितरण गर्न नेलम्बो नेपाल तयार रहेको अध्यक्ष देबकोटाको भनाई थियो ।
सामग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै जि.ट्रा.प्र. कार्यालय कास्कीका प्रमुख प्र.नि.अमृतबहादुर बस्नेतले अभियान बारे थाहा पाई स्वत:स्फूर्त सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्दै ति सामग्रिको जन चेतनामूलक अभियानमा सहि सदुपयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो । कोरोना जोखिम बढिरहेको र तेश्रो लहरको सन्निकट रहेकोले बस्नेतले घरबाट बाहिर निस्कदा मास्कको सहि ढंगले प्रयोग गर्न,भौतिक दुरी कायम गर्न र आवश्यकता अनुसार सेनिटाइजर प्रयोग गरि सुरक्षित रहन आग्रह गर्नु भयो ।
नेलम्बो नेपालका कार्यक्रम संयोजक डा.किसान कोइरालाले १ हजार थान सर्जिकल मास्क, १ सय पिस के.एन.नाइन्टी फाइभ मास्क,१ सय थान फेसशिल्ड,५ लि.को ४ ग्यालेन सेनिटाइजर,५ बोटल हेण्ड सेनिटाइजर,१० थान पि.पि.ई.सेट,१० थान स्प्रे बोटल र १ थान स्ट्याण्ड गरि ५२ हजार ३ सय ५० रुपैया बराबरको स्वास्थ्य सामग्रि प्रदान गरिएको जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले १७ गते आइतबारदेखि २३ गते शनिबारसम्म एक हप्ते कोरोना महामारी र ट्राफिक नियमको पालनाबारे जानकारी गराउने उद्देश्यले अभियान संचालन गरिरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।