पोखरा । गण्डकी प्रदेश सरकारको सहयोगमा पोखराको सहारा क्लवले आफ्ना सदस्यहरुलाई कोरोना बिरुद्धको दोश्रो डोजको खोप लगाएको छ । क्लवले आफ्ना २ सय ३३ जना क्लवमा आबद्ध सदस्यहरुलाई कोरोनाबिरुद्ध खोप लगाएको क्वलका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।
प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, पोखरा महानगरको स्वास्थ्य महाशाखा लगायतलाई क्लवले बिषेश धन्यवाद दिएको छ । क्लवले हरेक बर्ष जसो आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता संचालन गर्दै आएको छ भने १४ जिल्लाका गरिव, विपन्न बर्गका २४ जना वालकहरु सहारा फुटवल एकेडेमीमा रहेका छन्।
हरेक बर्ष जसो क्लवले तिहार पर्वको अवसरमा देउँसी भैलो कार्यक्रम गर्दै आए पनि यस बर्ष कोरोनाको कारण नहुने भएको अध्यक्ष सुरजले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरमा मुख्य कार्यालय रहेको ससरधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको…







