सबै पालिका र वडामा नेपाल टेलिकमको टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार


     एभरेस्ट आवाज    
     पौष २ गते २०७८ मा प्रकाशित




देशभरका सबै पालिका र वडामा टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार हुने भएको छ।

यसका लागि संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल टेलिकमबीच सम्झौता भएको छ।

मन्त्रालयको तर्फबाट सह–सचिव डाक्टर गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार नेपाल टेलिकमले सबै पालिका र अन्तगर्तका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र अन्य सरकारी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछ।

टेलिकमले पालिकाको वेबसाइट तथा अनलाइन सेवाका लागि प्रयोग हुने ‘वेब बेस्ड एप्लिकेशन’ को लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी, अहिले भी–स्याटमार्फत भ्वाइस सेवामात्र उपलब्ध भइरहेका अति दुर्गम ठाउँमा दूरसञ्चार सेवा प्रदायकहरू समेतको सहकार्यमा मोबाइल ब्रोडब्यान्ड सर्भिस लगायतका सेवा संचालन गर्ने÷गराउने सम्झौतामा उल्लेख छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।