वैज्ञानिक महाबीर पुन आज (शनिबार) पोखरामा सम्मानीत हुँदैछन्।
श्रीपति कोइराला गुठीले राष्ट्रिय आविस्कार केन्द्रका वैज्ञानिक पुनलाई सम्मान गर्न लागेको हो।
गुठीको २९ औं साधारणसभाको अवसरमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पुनलाई २ लाख, २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ताम्रपत्र समाज सेवा पदकद्वारा सम्मान गर्ने कार्यक्रम रहेको छ।
नेपालका बहुचर्चित व्यक्तित्वमध्ये एक महाबीर पुन नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी एवं वायरलेस नेटवर्किङका आविष्कारकका रुपमा चिनिन्छन्।
म्याग्दीको नाङ्गीमा जन्मिएका पुन नेपालको उच्च तथा हिमाली दुर्गम गाउँहरुका लागि ताररहित प्रविधि (नेपाल वायरलेस नेटवर्किङ परियोजना) को विकासमा लागी परेका छन्।
पुनको उक्त परियोजनालाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैंकले समेत मान्यता दिएको छ।
कार्यक्रममा पोखराका विभिन्न क्याम्पसहरुबाट सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई ७ हजार नगदसहित श्रीपति विद्यापदकद्वारा सम्मान गर्ने कार्यक्रम रहेको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए।
सचिव कोइरलाका अनुसार सर्वोत्कृष्ट अंक ल्याउने पीएन क्याम्पसका सबै संकायबाट १/१ जना तथा ईञ्जीनियरिङ कलेजबाट १, वन विज्ञान क्याम्पसबाट १, चिकित्साशास्त्र अन्तर्गत नर्सिङ क्याम्पसबाट १, पोखरा विश्वविद्यालयबाट १ जना विद्यार्थीलाई ७ हजार नगदसहित श्रीपति विद्यापदकबाट सम्मान गरिदैँछ।
त्यसैगरि, नविन मावि, महेन्द्र मावि, वाराही मावि र राष्ट्रिय उच्चमाविमा अध्ययरत १/१ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई ५ हजार रुपैयाँको छात्रवुत्ति प्रदान गर्ने कार्यक्रम रहेको कोइरालाले जनाए। चिसाखोला वेद विद्याश्रमका विपन्न जेहेन्दार १ र जेहेन्दार १ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको कोइरालाले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३१ कास्कीमा वर्षायाम भरी नदी तथा खानीजन्य पदार्थ (ढुंगा,…





