रहिनन् चर्चित गायिका लता मंगेशकर


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७८ मा प्रकाशित




पोखरा । गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने भारतकी चर्चित गायिका मंगेशकरको आज निधन भएको हो ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा उनको आज बिहान भारतिय समय अनुसार ८ बजेर १२ मिनेटमा निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

लता विगत २७ दिनदेखि बिरामी थिइन् । लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । लतालाई कोरोनासँग निमोनिया भएको थियो ।

उनले हिन्दीका साथै थुप्रै नेपाली गीतहरुपनि गाएकी छन् । उनले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । लताको पहिलो गीत सन् १९४२ मा रेकर्ड गरिएको थियो । उनको विभिन्न भाषामा ३० हजार भन्दा बढी गीत रकेर्ड भइसकेको छ ।

लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।
उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।