फाइल तस्बीर
युक्रेनमा संभावित आक्रमणले तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीहरुलाई सतर्कताका लागि आग्रह गरेको हो।
मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न भन्दै अत्यावश्यक परेर त्यहाँ बस्नु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन अनुरोध गरेको छ।
नेपाली दूतावास बर्लिनमा युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परेमा बर्लिन र मस्कोस्थित नेपाली दूतावासमा सम्पर्क गर्न सक्ने पनि जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





