रुस र युक्रनेबीच फेरि शान्तिवार्ता हुँदै


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७८ मा प्रकाशित




रुस र युक्रेनबीच पुनः शान्तिवार्ता हुने भएको छ।

स्थानीय समयअनुसार बुधबार साँझ दुई देशका अधिकारीबीच वार्ता हुने रुसी सरकारी समाचार एजेन्सी इतार तासले जनाएको छ।

यसअघि दुई पक्षबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा वार्ता भएको थियो। तर, युक्रेनको सीमा नजिकको बेलारुसको पहिलो चरणको वार्ता विना निष्कर्ष टुंगिएको थियो। क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभ रुसी प्रतिनिधिमण्डल नयाँ चरणको वार्ताका लागि तयार रहेको बताएका छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले एकपटक पुन रुसका लागि प्रमुख बार्ताकारको भूमिका निभाउने भएका छन् ।

राष्ट्रपतीय सल्लाहकार ओलेक्सी एरेस्तोभिचले सस्प्लाइन टेलिभिजनलाई भनेका छन्, ‘मेरो विचारमा सबै कुराहरू पहिलकै जस्तै हुनेछन्। हामी आफ्ना अडानमा अडिग रहनेछौँ। पुरानै मानिसहरू वार्तामा संलग्न हुनेछन्।’

तर, अहिलेसम्म वार्ता कुन स्थानमा हुँदैछ भन्ने सार्वजनिक गरिएको छैन। दुवै मुलुक थप विषयमा वार्ताका लागि तयार भएको बताइएको छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।