काठमाडौ । महिला अधिकारकर्मीले बलात्कारसम्बन्धी कानुनमा तत्काल संशोधन गरी हदम्याद खारेज गर्न माग गरेका छन् । उनीहरुले नाबालिका, किरोशी तथा महिलाको भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न बलात्कारसम्बन्धी फितलो कानुनलाई तत्काल संशोधन गर्न, पीडितलाई तत्काल न्याय दिलाउनसमेत सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
समृद्धि फाउण्डेसन नेपालको आयोजनामा आज विभिन्न सङ्घसंस्थाका महिला अधिकारकर्मी तथा सञ्चारकर्मीले राष्ट्रिय महिला आयोग पुगेर सो विषयमा ध्यानाकर्षण गराएका हुन् । फाउण्डेसनका अध्यक्ष सङ्गीता श्रेष्ठले आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडालाई ध्यानाकर्षण पत्र बुझाउँदै हालै मात्र एक युवतीले सार्वजनिक गरेको आठ वर्षअघि आफू बलात्कार भएको घट्नाले सिङ्गो समाजलाई स्तब्ध बनाएको उल्लेख गरे।
ध्यानाकर्षण पत्र बुझ्दै सदस्य खतिवडाले सो घट्ना सार्वजनिक गरेलगत्तै आयोगले गम्भीर भएर अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउनु सम्बन्धित निकायलाई दबाब दिएको बताए।
उनले त्यस्तालाई कारबाही गर्न कानुनी मूल्य मान्यता रहेको बताउँदै हदैसम्मको कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले त्यस्ता कानुनी क्षिद्र हटाउनका लागि तत्काल हदम्याद खारेज गर्न आजैका मितिदेखि आयोग अघि बढनेसमेत स्पष्ट पारेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लेखनाथ,१८ माघ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर –२७ मा रहेको राईजिङ्ग…







