ब्राजिलमा मङ्कीपक्स् पहिलो घटना पुष्टि


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७९ मा प्रकाशित





ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ ।

बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ ।यद्यपी यसअघि पनि साओ पाउलोमा २६ वर्षीया एक महिलालाई मङ्कीपक्स् हो कि भन्ने शङ्कामा अस्पतालमा भर्ना गरेर अनुसन्धान भइरहेको सचिवालयले जानकारी दिएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।