भारत गुजरातको मोरबी पुल दुर्घटना : भारतीय प्रहरीद्वारा ९ जना पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित




भारतको गुजरात राज्यमा कम्तीमा १४१ जनाको ज्यान जानेगरी पुल भत्किएको घटनासँग सम्बन्धित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये ४ जना मोरबी सहरमा पुल मर्मत गर्ने ठेक्का पाएको फर्मका कर्मचारी हुन्।

उक्त दुर्घटना हुँदा १०० जना पुलमाथि थिए।

थप बाँचेकाहरू फेला पार्ने आशा कम हुँदैछ। मृत्यु हुनेमा धेरै बालबालिका, महिला र वृद्धवृद्धा छन्।

आन्तरिक पर्यटनको एउटा प्रमुख आकर्षण रहेको १४० वर्ष पुरानो झोलुङ्गे पुल मर्मत गरिएपछि गत हप्तामात्र पुन: खोलिएको थियो।

आइतबार साँझ भएको दुर्घटनाको अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ परेका ९ जना पुल मर्मत र संचालनको ठेकका पाएको फर्म ओरेभा समूहसँग आबद्ध रहेको जनाएको छ।

उनीहरूलाई हत्या नभइ कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको वरिष्ठ प्रहरी अधिकृत अशोककुमार यादवले बताए।

उनीहरूमध्ये २ जना टिकट बुकिङ क्लर्कको रूपमा काम गर्ने र २ जना म्यानेजर रहेको उनले बताए।

अन्य ५ जनामा अभियुक्तमा संरचना मर्मत गर्ने ठेक्का पाएका २ जना र पुलमा कार्यरत सुरक्षाकर्मी छन्। पक्राउको समाचारमा ओरेभाबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।