उत्तर र दक्षिण कोरियाले बुधबार एकअर्काका समुद्री तट नजिकका जलीय क्षेत्रमा थुप्रै क्षेप्यास्त्र प्रहार गरेका छन्।
यस घटनाले २ पक्षबीचको शत्रुता अझै बढेको देखाएको छ।
उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् एकैदिनमा कम्तीमा २३ वटा क्षेप्यास्त्र प्रहार गरेको छ। तीमध्ये एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको सोक्चो सहरदेखि ६० किलोमिटर भन्दा नजिक खसेको थियो।
यसको प्रत्युत्तरमा सोलले विवादास्पद समुद्री सिमांकन रेखामा लडाकु विमानमार्फत वायुबाट जमिनमा मारहान्ने ३ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। पछि प्योङयाङले ६ वटा क्षेप्यास्त्र र तोपबाट १ सय वटा गोलाबारुद प्रहार गरेको थियो।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले सुरु गरेको ठूलो परिमाणको संयुक्त सैनिक अभ्यासप्रति प्रतिक्रिया जनाउन क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। प्योङयाङले यस सैनिक अभ्यासलाई आक्रमक र उक्साउने खालको भएको बताएको छ।
मंगलबार उत्तर कोरियाले संयुक्त सैनिक अभ्यास थालेको खण्डमा दुवै मुलकले इतिहासकै सबैभन्दा भयावह मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो।
अहिलेसम्म उत्तर कोरियाले यो वर्ष सबैभन्दा बढी क्षेप्यास्त्र परीक्षण गरी किर्तिमान राखेको छ।
दक्षिण कोरिया नजिकको जलीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिँदा सोलको नियन्त्रणमा रहेको युल्लेउंग टापुमा हवाई आक्रमण हुनलागेको संकेत दिने साइरन बजेको थियो। त्यहाँका बासिन्दालाई तत्काल भूमिगत आश्रयस्थलमा जान आह्वान गरिएको थियो।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






