थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०८० मा प्रकाशित




देशभर थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार थप १४ जना संक्रमित निको पनि भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १२६ पुगेको छ । यो पीसीआरबाट संक्रमण पुष्टि भएको संख्या मात्र हो ।

सक्रिय संक्रमित मध्ये १० जना संस्थागत आईसोलेसन, १ जना आईसीयू तथा १ जना भेन्टिलेटरमा उपचाररत छन् । देशमा १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।