पोखराका अटो मेकानिक्सहरुको आँखा परीक्षण शिविर


     एभरेस्ट आवाज    
     असार २४ गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा रहेका अटो मेकानिक्स परिवारका लागि एकदिने बृहत आँखा परीक्षण शिविर सम्पन्न भएको छ । गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन पोखराको आयोजना तथा गण्डकी मेडिकल कलेज र पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा भएको शिविरबाट ३०० बढी लाभान्वित भएका छन् ।

स्वास्थ्य सचेतना सहित शिविरको माध्यमले प्रारम्भिक चरण आँखाको समस्या पहिचान गरी समस्या आएको बिरामीलाई थप सहयोग गर्न योजना सहित शिविरमा ३०० भन्दा बढीको परिक्षण औषधी र चस्मा वितरण गरीएको कार्यक्रम संयोजक जगनाथ बर्तौलाले जानकारी दिए ।

शिविरको शुभारम्भ गर्दै पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पवन कुमार प्रजापतिले व्यवसायीलाई व्यवसायबाट पलायन हुनबाट रोक्न संघले विउ पुँजी, तालिम सहजीकरणमा सहयोग गर्ने बताए । अटो ल्याण्डको निर्माणका लागी संघले महानगरपालिका संग सहकार्य गर्ने बताए ।

एशोसियसनका अध्यक्ष सन्तोष कुमार मिश्रको सभापत्विमा भएको कार्यक्रममा गण्डकी मेडिकल कलेजका प्राचार्य प्रा.डा. रविन्द्र श्रेष्ठ, अटो एशोसियसनका केन्द्रीय उपाध्यक्ष कुल बहादुर नेपाली, संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, पूर्व अध्यक्ष सन्त कुमार भट्टराई, सानुमान जलारी, सल्लाहकार कृष्ण बहादुर थापा, सृजना विकास केन्द्रका कोषध्यक्ष कृष्ण प्रसाद बराल, सस्ंथाका वरिष्ठ उपाध्यक्ष योगेन्द्र राज भण्डारी, महासचिव विष्णु प्रसाद अधिकारी लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

एशोसिएसनले वार्षिक रुपमा सामाजिक कार्यहरु सहित; स्वास्थ्य शिविरहरु, तालिम, शिप विकासका कार्यहरु गर्दै आएको कार्यालय प्रमुख पार्वती बरालले बताइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।