पोखरा । सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्वारा चित्रेभञ्याङ पोखरा सम्पर्क मञ्च कास्कीको जग्गा खरीद र कागवेनी बाढी पीडीतका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
कान्तिपुर पार्टी प्यालेस वुद्घचोकमा आयोजित एक कार्यक्रममा उनले जग्गा खरीदका लागि रु. १५ हजार र मुस्ताङ कागवेनी बाढी पीडीतहरुको राहतको लागि रु.१० हजार सहयोग हस्तान्तरण गरे ।
सहयोग रकम ग्रहण गर्दै चित्रेभञ्याङ पोखरा सम्पर्क मञ्च कास्कीका अध्यक्ष वुद्घि राम लम्सालले सहयोग दाता सिञ्जालीलाई धन्यवाद दिदै समाज भवन निर्माणको लागि जग्गा खरीद प्रक्रिया अगाडी बढेकाले सवैलाई सक्दो सहयोग गर्ने अनुरोध गरे ।
कार्यक्रममा वालकृष्ण राना ,सु.दिन वहादुर राना,सु.महेश कुमार थापा ,मनोरथ शर्मा ,चन्द्र कला थापा ,सु.होम वहादुर थापा ,ओम वहादुर थापा क्या.देवलसिंङ थापा ,क्या नरेश थापा लगायतकाले मन्तव्य राखेका थिए । सहभागीहरुले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचनवद्घता राखेका थिए ।
स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पुर्ण वहादुर थापा र कार्यक्रमको सञ्चालन सचिव रुद्र सन्देश मगरले गरेका थिए । त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङका अध्यक्ष रीङजीन नामगेल गुरुङले पनि सहयोगदाता सिञ्जाली प्रति आभार व्यक्त गरेका छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ ।…







