सराङ्गकोटमा समिक्षा तथा सहकारी शिक्षा तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०८० मा प्रकाशित




पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक समिक्षा तथा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।

वर्तमान परिवेशमा सहकारीको भुमिका ,शेयर सदस्य, संचालक कर्मचारीहरुको जिम्मेवारी,कर्तव्य सहकारी ऐन नियम सम्वन्धमा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक नरेश पाण्डे र सन्तोष घिमिरेले सहजिकरण गरेका थिए ।

२०६३ मा स्थापित सहकारीले कास्की जिल्ला कार्यक्षेत्र भई शेयर सदस्यहरुको लागि बचत तथा ऋण र सामुदायिक रेडियो सराङ्गकोट संचालन गर्दै आएको संस्थाको हाल शेयर पुजी ७ करोड १३ लाख ऋण लगानी ५४ करोड ६० लाख कुल पूँजी ६४ करोड र शेयर सदस्य ६२३ जना रहेको व्यवस्थापक सुरेन्द्र थापाले जानकारी दिए ।

बाषिर्क समिक्षामा संस्थाका सचीव कुल प्रसाद सुवेदी , कोषाध्यक्ष राममणि पौडेल.लेखा संयोजक शिव बहादुर वानिया,कर्जा संयोजक रमेश कुमार थापा ,असुली संयोजक माया कुमारी शर्माले संस्थागत प्रतिवेदन राखेको थिए ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष सुशील राज पराजुली ,प्रेम बहादुर जि.सी, सल्लाहकार सोभियत बहादुर अधिकारी ,डा.इन्द्रमान महर्जन ,उपाध्यक्ष बसन्तबहादुर बाँनिया लगायतले बोलेका थिए ।

सो तालिममा संस्थाका सञ्चालक उपसमिति सल्लाहकार र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।