‘सीप भए आम्दानी आफैँ हुन्छ’:जमुना परियार


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०८० मा प्रकाशित




फाइल तस्विर ।

बलेवा । चार महिना पहिलेसम्म जमुना परियार नेपालीको हातमा सीप थिएन । घरमा बालबच्चाका लागि चाहिने खर्च, घरखर्च र आफ्नो लागि आवश्यक खर्चसमेत उनका श्रीमान् एक्ला स्रोत थिए। स–साना कामका लागि श्रीमान्सँग पैसा माग्न जमुना आप्ठेरो मान्थे । अहिले आफ्ना लागि आवश्यक खर्च जमुना आफैँ कमाउछन्।

बागलुङ बजारको एक टेलरिङ सेन्टरमा कालिगडको काम गरिरहेकी जमुना सीप सिकेपछि आत्मनिर्भर भएका हुन् । उनको अहिले मासिक कमाइ हुन्छ । आफ्नो, बालबच्चा र घरको खर्च चलाएर जमुना बचत गर्ने भएका छन् ।

“आफ्नो कमाई हुँदा र नहुँदा धेरै फरक हुँदोरहेछ, चार महिना खर्चेर सिकेको सीपले मलाई आत्मनिर्भर बनाएको छ”, जमुना भन्छन्, “मैले अरू धेरै दिदीबहिनीलाई काम सिक्न र थोरै भए पनि कमाउन सकिन्छ भन्ने गरेकी छु ।”

उनले सीप सिक्नु भनेको घरको जग बसालेको जस्तै आम्दानीको जग बसेको बताए । जमुनाले धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र ९डिआइआरडिसी०बाट चारमहिने टेलरिङ तालिम लिएका हुन् ।

तालिमपछि उहाँलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०ले सीप परीक्षा लिएर प्रमाणपत्र दिएको छ । त्यही प्रमाणपत्रले उनलाई जागिर पाउन सहज भएको छ भने चार महिना सिकेको सीपले काममा सघाएको छ ।

जमुनाजस्तै ‘डिआइआरडिसी’बाट तालिम पाउने कैयौं महिलाहरुको जीवनमा परिवर्तन आएको छ । लामो समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन लिएर विभिन्न सीपमूलक तालिम चलाइरहेको सो संस्थाले कैयौँ युवाहरुलाई स्वरोजगारसँग जोडेको छ । विसं २०७४ देखि सीप कक्षा सुरु गरेको उक्त संस्थाले वर्षमा दुई पटकमा कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

चालु वर्षको पहिलो सत्रमा पाँच सय ६३ जनाले सीप सिकेका छन् । एक सय ४३ जनाले प्लम्बर, ६५ जनाले विद्युत् जडान, दुई सय ५५ जनाले टेलरिङ र एक सय एक जनाले ग्रिलसम्बन्धी सीप सिकेका छन् ।

“सीप सिकेका धेरैले राम्रो गर्नुभएको छ, कैयौँ युवाहरु रोजगारीसँग जोडिएका छन्, कैयौँले स्वरोजगारमुलक व्यवसाय थाल्नुभएको छ”, सो संस्थाका कार्यक्रम संयोजक शालिग्राम शर्माले भने, “विदेश जानेहरुलाई तालिमले निकै सहयोग गरेको छ ।”

सोमबारदेखि छैटौँ ‘ब्याच’को दोस्रो सत्रका लागि तालिम सुरु भएको छ । तालिममा ७२ युवायुवती सहभागी छन् । तालिमको गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले उद्घाटन गरेका थिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।